×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकौ छैन : माधव नेपाल

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकौ छैन : माधव नेपाल

धनगढी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।

केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ । प्रधानन्यायाधीश जबराले मन्त्रिषद्मा भागवण्डा लिएपछि उनीविरुद्ध चर्को आवाज उठेको हो । सर्वोच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल वार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।

प्रतिकृया दिनुहोस्