×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्छु : प्रधानमन्त्री

विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको र जवाफमा उनले आवश्यक निर्णय गर्ने विश्वास दिलाएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिसकेको छ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

Twit_gagan.JPG

 

 

प्रतिकृया दिनुहोस्