काठमाडौं । गत सोमबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए । आज बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ ।