काठमाडौँ- अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा हतियारसहितका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । आफूहरूलाई धम्क्याउन एसएलआर बोकेको ‘स्पेसल टास्क फोर्स’ परिचालन गरे पनि त्यस्ता धम्कीले कुनै असर नगर्ने बताए । यस्तै अधिवक्ता अर्यालले न्यायालय बचाउनका लागि आफू मर्न समेत तयार रहेको बताएका छन् ।
उनले भने, ‘अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ? चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’ उनले एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने कार्य स्वीकार्य नरहेको समेत बताए ।