×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । भ्रष्टाचारकाे आराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘याे समयका लागि म निकै आभारी छु, हाम्राे सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही याेगदान दिएकाे छु,’ उनले भने । 

जीवनकाे नयाँ अध्याय सुरु भएकाे बताउँदै नेतृत्व हस्तान्तरण गरेकाे उनले बताए । आफू याेगी वा अपराधी दुबै नभएकाे बताउँदै चान्सलर हुँदा विराेधीले धेरै आलाेचना गरेकाे उनले गुनासाे गरे ।  ३५ वर्षीय क्रुज युराेपकै कान्छाे नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलाे व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाकाे राजनीतिकाे प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए । 

राजनीतिबाट सन्यास लिने उनकाे घाेषणाले त्यहाँकाे पिपुल्स पार्टी अलमलमा परेकाे छ । पूर्वउपचान्सलर वेर्नर काेग्लरले क्रुजकाे निर्णयकाे स्वागत गरेका छन् ।  एजेन्सी

प्रतिकृया दिनुहोस्