×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमती प्रदेशमा ११ मन्त्रालय बनाइने

बागमती प्रदेशमा ११ मन्त्रालय बनाइने

काठमाडौं- बागमती प्रदेशमा ११ वटा मन्त्रालय कायम गरिने भएको छ । मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले रहेको १४ वटा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने बताए ।

उनले आफ्नो मन्त्रिपरिषद्‌मा राज्यमन्त्री नराखिने बताए । मुख्यमन्त्री जम्कट्टेलले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए । उनले भने, ‘हामी यही प्रतिवेदन कुरिरहेका थियौं। अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।’

मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।

प्रतिकृया दिनुहोस्