काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडको आइपिओ निष्कासन मिति तय भएको छ। इमर्जिङ ले माघ २६ गतेबाट साधारण सेयर बिक्री गर्ने भएकाे छ। कम्पनीकाे सेयरमा फागुन १ गतेसम्म आवेदन दिन सकिन्छ।
कम्पनीले १०० रूपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेकाे हाे। यसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्त सेयर कर्मचारीलाई आरक्षित गरिएकाे छ।
अर्काे ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी काेष कम्पनीहरूलाई आरक्षण गरिएकाे छ। बाँकी रहने ५ लाख १६ हजार ७०८ कित्तामा सर्बसाधारणले दाबी गर्न पाउँछन्।
कम्पनीकाे सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। याे जलविद्युत कम्पनी हाे। थाेरै कित्त भएकाले पर्नेलाई १० कित्ताभन्दा बढि पर्दैन।