×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी प्रदेश सरकार असंवैधानिक : नेसपा अध्यक्ष डा. भट्टराई

कोशी प्रदेश सरकार असंवैधानिक : नेसपा अध्यक्ष डा. भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकारका असंवैधानिक भएको टिप्पणी गरेका छन् ।


उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।


‘हिजो के पी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ; अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं !’, भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही ?’

कोशीमा एमालेका हिक्मत कुमार कार्कीको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् । यसको नेकपा एमालेले विरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्