काठमाडौं - नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । उनी ६०५ मतसहित जिल्ला सभापति चुनिएका हुन् । उनका प्रतिस्पर्धी कविराज पण्डितले ५६६ मत पाएका छन् । जिल्ला सभापति पदका लागि असोज २१ गते निर्वाचन भएको थियो । १ हजार १ सय ८२ मत खसेको मध्ये १ हजार १ सय ७१ मत सदर भएको थियो भने ११ मत बदर भएको थियो ।
रावलले ३९ मतले पण्डितलाई जितेका हुन् । उनी पौडेल समूह निकट हुन् । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि बहुमत नल्याएपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो ।