×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप २७ जना संक्रमित, २२० संक्रमणमुक्त

थप २७ जना संक्रमित, २२० संक्रमणमुक्त

काठमाडाैँ- नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा २२ जना र ३ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय २० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ७ सय ८१ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्