×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१,२६८ संक्रमित थपिँदा २,१९५ कोरोनामुक्त

१,२६८ संक्रमित थपिँदा २,१९५ कोरोनामुक्त

काठमाडौं, नेपालमा शनिबार थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय ५३  पीसीआर परीक्षणका क्रममा १ हजार २४ र ३ हजार १ सय २२ वटा पीसीआर परीक्षणका क्रममा २ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै  नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म १० हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ७४ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३९ लाख ५२ हजार ९ सय ४२ वटा पिसिआर र ४ लाख ८४ हजार ९ सय ४३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ 

प्रतिकृया दिनुहोस्