×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

को-को महिलाले पाइन् पालिका हाक्ने जिम्मेवारी ?

को-को महिलाले पाइन् पालिका हाक्ने जिम्मेवारी ?

काठमाडौं- यस पटकको स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म २२ जना प्रमुख/अध्यक्षमा महिला निर्वाचित भएका छ्न्। हालसम्म गणना सकिएका ६९० स्थानीय तहमध्ये २२ तहको नेतृत्व गर्ने अवसर महिलाले पाएका छन्।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट ५ जना, मधेस प्रदेशमा ३ जना, वागमतीमा ५ जना र गण्डकी प्रदेशबाट ३ लुम्बीनीमा २ जना महिलाले पालिकाको नेतृत्व जितेका छन्। त्यस्तै कर्णाली र सुदूरपश्चिमबाट २-२ जना निर्वाचित भएका छन्।

पालिका नेतृत्व गर्ने महिलाहरूमा एमालेको तर्फबाट ५ नगर प्रमुख र ४ गाउँपालिका अध्यक्षसहित ९ जना, कांग्रेसबाट ४ नगर प्रमुख र ४ गाउँपालिका अध्यक्षसहित ७ जना महिला निर्वाचित भएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका ३ गाउँपालिकामा महिला नेतृत्वले विजय भएका छन्।

कतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट १ जना नगर प्रमुख विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीबाट एक उपमहानगरपालिकामा महिलाले नेतृत्व पाएकी छिन्। ७५३ स्थानीय तहमा विभिन्न राजनीतिक दलहरूबाट ३६८ महिलाहरू प्रमुख तथा अध्यक्ष पदमा चुनाव लडेका थिए।

जसमा २३९ प्रमुख र ११९ गाउँपालिका अध्यक्ष पदमा महिलाले उम्मेदवारी रहेको थियो। २०७४ सालको निर्वाचनमा सात जना मेयर र ११ जना गाउँपालिका अध्यक्ष गरी १८ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका थिए। यस्तै, ६२ जना वडाध्यक्षमा निर्वाचित भएका थिए।

एमालेबाट विजयी

१. झापा- विर्तामोड नगरपालिका : मेयर, पवित्रादेवी महतारा
२. मोरङ्ग- कानेपोखरी गाउँपालिका : मेयर, राजमति इङ्गनाम
३. रौतहट- मौलापुर नगरपालिका : मेयर, रीना कुमारी साह
४. चितवन- माडी नगरपालिका : मेयर, तारा कुमारी काजी महतो
५. सिन्धुली- फिक्कल गाउँपालिका : अध्यक्ष, पार्वती सुनुवार
६. पर्वत- मोदी गाउँपालिका : अध्यक्ष, हिरादेवी शर्मा
७. नवलपरासी- (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका : मेयर, विमला अर्याल
८. पाल्पा- बगनासकाली गाउँपालिका : अध्यक्ष, सरस्वती दर्लामी (चिदी)
९. सुर्खेत- वीरेन्द्रनगर नगरपालिका : मेयर, मोहनमाया भण्डारी

कांग्रेसबाट विजयी

१. सोलुखुम्बु- लिखु पिके गाउँपालिका : अध्यक्ष, मिना देवी कार्की
२. खोटाङ- हलेसी तसवाचुङ नगरपालिका : मेयर, विमला राई
३. सप्तरी- सुरुङ्गा नगरपालिका : मेयर, गीता चौधरी
४. नवलपरासी- (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका : अध्यक्ष, लक्ष्मीदेवी पाण्डे
५. बागलुङ- वडिगाड गाउँपालिका : अध्यक्ष, थापा अधिकारी
६. दैलेख- भैरवी गाउँपालिका : अध्यक्ष, रिता कुमारी शाही
७. अछाम- पञ्चदेवल विनायक नगरपालिका : मेयर, अम्विका कुमारी चलाउने
८. कैलाली- लम्कीचुहा नगरपालिका : मेयर, सुशीला शाही

माओवादी केन्द्रबाट विजयी

१. खोटाङ- जन्तेढुंगा गाउँपालिका : अध्यक्ष, अरुणा देवी राई
२. सिन्धुली- सुनकोशी गाउँपालिका : अध्यक्ष, दिपा बोहरा (दाहाल)
३. काभ्रेपलाञ्चोक- चौंरीदेउराली गाउँपालिका : अध्यक्ष, रेणुका चौलागाई

लोसपाबाट विजयी

१. रौतहट- ईशनाथ नगरपालिका : मेयर, कौशल्या देवी

नेकपा एसबाट विजयी

१. मकवानपुर- हेटौंडा उपमहानगरपालिका : मेयर, मिनाकुमारी लामा

मेयर/उपमेयर दुवै महिला

कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशिला शाही र जुना चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट शाही र नेकपा (एमाले)बाट चौधरी निर्वाचित भएका हुन्। मेयरमा शाही १२ हजार ७१३ मत पाइन् भने उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए। त्यस्तै, उपमेयरमा चौधरीले ११ हजार ७८ मत पाइन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत पाइन्।

प्रतिकृया दिनुहोस्