काठमाडौं - प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ।
मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन्। उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन्।
नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।
बेहुला पक्षले पटक-पटक गरी २२ लाख रूपैयाँसमेत लगेकाे बेहुली पक्षलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
प्रहरीले बेहुला रौनियारलाई बिवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।