×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपीएल : हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

आइपीएल : हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा स्थान बनाएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा हैदराबादमाथि ८ विकेटको जितका साथ कोलकाताले फाइनलमा स्थान बनाएको हो ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

कोलकातालाई जित दिलाउन वेंकटेस अय्यर र श्रेयस अय्यरले अर्धशतक बनाए । वेंकटेसले २८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५१ रन बनाए । कप्तान श्रेयसले २४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ५८ रन बनाए । तेस्रो विकेटका लागि दुवै अय्यरले ४४ बलमा ९७ रनको अविजित साझेदारी गरे । ओपनर रहमानुल्लाह गुर्वाजले १४ बलमा २३ तथा अर्का ओपनर सुनिल नारेनले १६ बलमा २१ रन बनाए ।

हैदराबादका लागि कप्तान प्याट कमिसं र टी नटराजनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १९ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५९ रन मात्र बनाएको थियो ।

हैदराबादका लागि राहुल त्रिपाटीले ३५ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लासेनले २१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान प्याट कमिसंले २४ बलमा ३० रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।

दोस्रो बलमा ओपनर ट्राभिस हेडलाई शुन्य रनमा गुमाएको हैदराबादले दोस्रो ओभरमा अर्का ओपनर अभिसेक शर्मालाई पनि गुमायो ।

तेस्रो विकेटका रुपमा नितिश रेड्डीलाई गुमाएको हैदराबादका लागि क्लासेन र त्रिपाठीले पाँचौ विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे पनि क्लासेन बरुण चक्रवर्तीको बलमा आउट हुदा सो साझेदारी तोडिएको थियो ।

अब्दुल समादले १२ बलमा १६ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफल तर्फ लम्काए पनि हर्षित रानाको बलमा उनी पनि आउट भएसँगै हैदराबादको अपेक्षा पनि सकियो ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा बरुण चक्रवर्तीले दुई विकेट लिए ।

यस जितसँगै कोलकाताले फाइनलमा स्थान बनाएको छ भने पराजित हैदराबादले बुधबार हुने इलिमिनेट खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरी खेल्नेछ । बुधबार इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।

प्रतिकृया दिनुहोस्