काठमाडौं । लुम्बिनी प्रदेशका चार जना मन्त्रीले राष्ट्रियसभा उप–निर्वाचनमा मताधिकार पाएका छन् । आइतबार जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको पाएका हुन् ।
विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीजनता समाजवादी पार्टी (जसपा्र)ले कारवाही गरेपछि पदमुक्त भएका थिए । पदमुक्तपछि चारै जना मन्त्रीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
उनीहरुलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकारको निर्णय गरेको हो । यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको नाम थिएन ।
केन्द्रीय निर्वाचन आयोगले आइतबार जसपाबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् भने चार मन्त्रीले मताधिकार पाएसंगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मतभार बढेको छ । एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।