×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजार १२ अंकले बढ्यो

सेयर बजार १२ अंकले बढ्यो

काठमाडौँ- साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सय १८ रुपैयाँमा ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन कुल सूचीकृत कम्पनी मध्ये १ सय ३७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ४५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन आँधीखोला लघुवित्त, रिभर फल्स पावर, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, एनसीसी बैंक लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्र उत्थान लघुवित्त, माउन्टेन इनर्जी, कुमारी इक्वीटी फण्ड, हिमालयन पावर पार्टनरलगायत कम्पनीको सेयर मूल्य घटेका छन् ।

प्रतिकृया दिनुहोस्