×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन भोलिदेखि

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन भोलिदेखि

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौं राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले बुधबार पत्रकार सम्मेलन गर्दै सम्मेलन बिहीबार र शुक्रबार हुने जानकारी दिएको हो ।

विज्ञहरुलाई एकै ठाउमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिने भएको बताइएको छ ।

सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरुको प्रस्तुति, १९ वटा पोस्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहने उल्लेख गरिएको छ ।

परिषद्ले ७ वर्षदेखि आफ्नो स्थापनाको दिन स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्