नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रीको शपथ लिनका लागि दौरा सुरुवाल, कोट र माला लगाएर निवासबाट निस्किएका छन् ।
नेता महत शीतल निवास प्रस्थान गर्नका लागि बाँसवारीस्थित निवासबाट निस्किएका हुन् ।
कांग्रेसको सिफारिशमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले डा. महतको नाम अर्थमन्त्रीका रूपमा राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।
राष्ट्रपतिबाट मन्त्री नियुक्ति हुन बाँकी छ । आजै दिउँसो ३ बजे शपथ गराउने गरी शीतल निवासमा तयारी भइरहेको छ ।
कांग्रेसले आफ्नो भागमा परेका ८ मध्ये ४ जनाको मात्र नाम पठाएपछि मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको हो ।
कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व भने उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । खड्का उपप्रधानसहित रक्षा मन्त्री बनेका छन् ।