×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर किनबेच गर्न नबिलले गर्यो सहायक कम्पनीको स्थापना

शेयर किनबेच गर्न नबिलले गर्यो सहायक कम्पनीको स्थापना

काठमाडौं - शेयर किनबेच गर्ने उद्देश्यले नबिल बैकले सहायक कम्पनी स्थापना गरेको छ । सोमबार कम्पनी रजिष्ट्रार कार्यालयमा नबिल सेक्युरिटिज नामक कम्पनी दर्ता भएको हो ।

नबिलले शेयर किनबेच गर्ने, स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाइ छ। नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ । केहीको दर्ता प्रक्रिया सकिएको छ भने केहीलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुमति ल्याउन कार्यालयले भनेको छ ।

एनएमबि बैंकले असारमा ब्रोकर कम्पनीको काम गर्ने गरी एनएमबि सेक्युरिटिज नामक कम्पनी दर्ता गरेको छ । हाथवे स्टक डिलर नामक कम्पनी पनि खुलेको छ ।यस्तै शेयर किनबेचको उद्देश्य राखेर उज्यालो क्यापिटल मार्केट, अवसर स्क्युरिटि, हब सेक्युरिटिजलगायतका कम्पनी भने दर्ता प्रक्रियामा छन् ।

प्रतिकृया दिनुहोस्