×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवाको स्वकीय सह–सचिवमा कँडेल नियुक्त

प्रधानमन्त्री देउवाको स्वकीय सह–सचिवमा कँडेल नियुक्त

काठमाडौं- नेपाली काँग्रेसका युवा नेता चुडामणी कँडेल प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सह–सचिवमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीका रूपमा कँडेलले सह–सचिव सरह जिम्मेवारी पाएका छन् ।

ईमान्दार,शालिन, बौद्धिक छबिका कँडेलले यस अगाडि लामो समय पूर्वगृहराज्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, काँग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निभाईसकेका छन् कँडेल व्यवस्थापकीय कुशलतामा अब्बल मानिन्छन् । अँग्रेजी विषयमा स्नातकोत्तर गरेका उनले पार्टीका लागि दिएको महत्वपूर्ण योगदानको चर्चा समेत हुने गरेको छ ।

 

नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य समेत रहेका कँडेल पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ निर्वाचित भएका हुन् । उद्योगी व्यवसायी विनोद चौधरी सँयोजक रहेको नेपाली काँग्रेसको महत्वकांक्षी लगानी पूर्वाधार र रोजगार विशेष समितिका राजनीतिक संयोजकका रूपमा समेत कँडेलको जिम्मेवारी रहेको छ ।

काँग्रेस शीर्ष नेताहरू देखि देशैभरीका नेता कार्यकर्ताहरू माझ प्रिय मानिएका कँडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नियुक्ति पाएसँगै प्रधानमन्त्री देउवाको सचिवालय अझ सशक्त र प्रभावकारी बन्ने अनुमान पनि गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्