×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी औपचारिक रुपमा विभाजन

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी औपचारिक रुपमा विभाजन

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी औपचारिक रूपमा विभाजन भएको छ।
पदाधिकारी चयनमा असन्तुष्ट उपाध्यक्ष पवन कार्की पक्षले आज समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको हो। त्यसका लागि कार्की पक्षले आज बिहान १० बजे बानेश्वर क्याम्पसमा भेला आयोजना गर्दै छ।

समानान्तर कमिटी घोषणा गरेपछि क्रान्तिकारी औपचारिक विभाजन हुनेछ। यसअघि उपाध्यक्ष पवन कार्कीलगायत १० नेतालाई अध्यक्ष पञ्चा सिंहले कारबाही गरेकी थिइन्।

कारबाही नै अवैधानिक भन्दै कार्कीले असार ८ गते पत्रकार सम्मेलन गरी सिंह नेतृत्वको कार्यसमिति भंग गरेर विशेष महाधिवेशन गर्न माग गरेका थिए।

त्यस्तै विवाद समाधानका लागि शुक्रबारसम्मको अल्टिमेटम दिएको अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले यही असार १४ गते जुम बैठक गरेको थियाे।

जुम बैठकमा हरेक जिल्लाबाट अखिल नेता–कार्यकर्ताको सुझाव संकलनपछि असन्तुष्ट समूहले छुट्टै कमिटी घोषणा गर्ने निर्णय गरेको हो। असन्तुष्ट पक्षले माग सम्बोधनका लागि यही असार १० गतेसम्मको अल्टिमेटम दिएको थियो।

गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो। त्यसपछि वैशाखमा बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी चयन गरिएको थियो।

पदाधिकारी चयन गर्दा माइक म्युट गरेर एकतर्फी नाम घोषणा गरिएको, केन्द्रीय कमिटीमै नभएको व्यक्तिलाई पदाधिकारी बनाइएको भन्दै उपाध्यक्ष पवन कार्कीले निर्णय सच्याउन सुझाव दिएका थिए।

उनको सुझाव कार्यान्वयन भएन। बरु जेठको पहिलो साता बसेको तेस्रो विस्तारित बैठकमा होहल्ला भएपछि कार्की लगायतका १० नेतालाई निष्कासन गरेर सिंह पक्षले तीन महिने अभियान घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्