काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको बताएका छन् ।
उनले अहिले नेपालका पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने वा ठहरै पार्ने कुरामा केन्द्रित भएको बताएका छन् । उनले नाम नलिए पनि पछिल्लो पटक सत्ता खिचातानीमा सक्रिय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गरेको स्पष्ट बुझ्न सकिन्छ ।
पत्रकार रामकृष्ण भण्डारीको पुस्तक सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेलीको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरु मिलेर बहसलाई अगाडि बढाउनु पर्ने पनि बताएका छन् ।