×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोर्चुगललाई हराएर स्पेन फाइनल चरणमा

पोर्चुगललाई हराएर स्पेन फाइनल चरणमा

काठमाडौँ- स्पेन पोर्चुगललाई हराउदै युइएफए नेसन्स लिगको फाइनल चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको फाइनल चरणमा पुगेको हो । 

स्पेनको जितमा खेलको ८८औं मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि स्पेन समुह ए २ मा ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहदै फाइनल चरणमा पुगेको हो ।

योसँगै युइएफए नेसन्स लिगको फाइनल चरणको समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेदरल्याण्डस, क्रोसिया, इटाली र स्पेन खेल्ने छन् । पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोसिया अर्को वर्षको जुन १४ मा खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा इटाली र स्पेन अर्को वर्षको जुन १५ मा खेल्ने छन् ।

प्रतिकृया दिनुहोस्