×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक्लिँदै जेलेन्स्की, रुससँग नलड्ने भन्दै चार मन्त्रीसहित उच्च अधिकारीहरुले राजिनामा दिए

एक्लिँदै जेलेन्स्की, रुससँग नलड्ने भन्दै चार मन्त्रीसहित उच्च अधिकारीहरुले राजिनामा दिए

काठमाडौँ- रुससँगको लडाइँको विषयलाई लिएर युक्रेनका उच्च अधिकारीहरुले भटाभट राजिनामा दिन थालेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक विश्वास मात्र मानिएका उच्च सल्लाहकारले मंगलबार राजिनामा दिएका छन् । योसँगै जेलेन्स्की थप संकटमा परेका छन् ।

त्यस्तै मंगलबारमात्रै चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरहरूले पनि राजिनामा दिएका छन् । उनीहरुले रुससँग लड्न नहुने सुझाव दिँदै आएको बताइएको छ । उनीहरुले अरुको ढाल बनेर युक्रेनी जनता भुट्न नहुने बताउँदै आएको समाचार संस्थाहरुले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीकले रुससँग मिल्नु पर्छ वा युद्धको लागि वार्ता र संवाद गर्नुपर्छ भन्ने सरकारी अधिकारीहरुलाई भ्रष्टाचार र शत्रुलाई सहयोग गरेको आरोपमा कारवाही गर्दै आएका छन् ।

आफूले स्वीकृत दिएकाबाहेक सबै सरकारी कर्मचारीहरुलाई देश छोड्न जेलेन्स्कीले प्रतिबन्ध समेत लगाएका छन् । त्यसैगरी गुमेको भूमि फिर्ता ल्याउन नसकिने भन्दै रुसको सर्तमा वार्ता गर्न सुझाव दिएसँगै जेलेन्स्कीले रक्षा र भौतिक मन्त्रीमाथि समेत भ्रष्टाचारको आरोप लगाएका छन् ।

युक्रेन भ्रष्टाचार हुने देशकै सूचीमा पर्छ । ट्रान्सपरेन्सी इन्टरन्याश्नलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२ औँ स्थानमा राखेको थियो ।

प्रतिकृया दिनुहोस्