काठमाडाैँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी छन् ।
भेटमा सरकार र विप्लवबीच भएकाे तीनबुँदे सम्झाैतालगायतका विषयमा छलफल भएकाे बताइएकाे छ । ०७७ फागुन २१ गते तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओली र विप्लवबीच तीनबुँदे सम्झाैता भएकाे थियाे । विप्लवले साे सम्झाैता लागू हुनुपर्ने बताउँदै आएकाे छ ।
सम्झाैतामा पक्राउ परेका विप्लव कार्यकर्ताहरू रिहाइ हुनुपर्नेलगायतका बुँदाहरू थिए । तर, सरकारकाे पक्षबाट उक्त सम्झाैताकाे कार्यान्वयन नभएकाे भन्दै विप्लवले सरकारकाे ध्यानाकर्षण गराउँदै आएकाे छ ।