×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

एमाले र जसपाबीच सत्ता सहकार्य हुने

  • IT |
  • ब‌ैशाख ३, २०७८
एमाले र जसपाबीच सत्ता सहकार्य हुने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री  ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्तापछि कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो ।
 जसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताए ।
उनले भने, ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि उडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्