काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि क्यानडामा रहेको नेपालले घरेलु टोलीको घरेलु टिमको सामना गर्न लागेको हो ।क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।
दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ । सुखद् सुरुवात गरेको नेपाल आजसमेत जितको लक्ष्यसहित मैदान उत्रिने छ । उता क्यानडा नेपाललाई हराएर घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।