काठमाडौं - क्यानका क्रिकेट म्यानेजर विनोद दास नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको सदस्य बनेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन् । तर क्रिकेटको विकासका लागि क्यानको कर्मचारीको रुपमा नियुक्त भएका म्यानेजर दास यसरी राजनीतिक दलकाे समितिमा रहेर काम गर्न पाउँछन् भन्ने प्रश्न उठेकाे छ ।