काठमाडौँ। नेपाली बजारमा मङ्गलबार (मंसिर ९) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेको थियो। आज थप ५०० रुपैयाँ वृद्धि भएसँगै पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले उकालो लागेको छ।
बजारमा सुनचाँदीको मूल्यमा देखिएको यो उतारचढावले गहना खरिदबिक्री तथा लगानीकर्ताहरूमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।