×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पञ्जावमाथि गुजरातको रोमाञ्चक जित

पञ्जावमाथि गुजरातको रोमाञ्चक जित

काठमाडाैँ- इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नवप्रवेशी गुजरात टाइटन्नसले पञ्जव माथि रोमाञ्चक जित निकालेको छ । अन्तिम दुई बलमा १२ रन चाहिएको अवस्थामा राहुल टेवाटीयाले लगातार दुई छक्का प्रहार गर्दै गुजरातलाई ६ विकेटको जित दिलाउँदै प्रतियोगितामा लगातार तेस्रो खेलमा जित दिलाए । 

शुक्रबार राति बारबउर्नेमा भएको खेलमा गुजरात टाइटन्सले टस जित्दै पञ्जवालाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । जहाँ पञ्जाव किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

पञ्जावका लागि लियम लिभिङस्टनले सर्वाधिक ६४ रन बनाएका थिए । उनले २७ बलमानै ७ चौका र ४ छक्काकव विष्फोटक इनिङ खेल्दै ६४ रन बनाए । त्यस्तै शिखर धवनले ३५ रन बनाउँदा जितेश शर्माले २३ रन जोडेका थिए । त्यस्तै राहुल चहर २२ रनमा अविजित रहँदा अर्सदीप सिंह पनि १० रनमा अविजित रहे ।

१ सय ९० रनको लक्ष्य पछ्याएको गुजरातका लागि शुभमन गिलले सर्वाधिक ५९ बलमा ९६ रनको सानदार इनिङ खेले । त्यस्तै साइ सुधर्सनले ३५ रन बनाउँदा हार्दिक पांड्याले २७ रन बनाए । उसका लागि डेभिड मिलर ६ रन तथा राहुल टेवटिया १३ रनमा अविजित रहे । ३ बलमा १३ रन बनाएका टेवटियाले जितका लागि अन्तिम २ बलमा २ छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेका थिए ।

प्रतिकृया दिनुहोस्