×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेसमा सदस्यता टुङ्गिएका जिल्लाको संख्या ६९ पुग्यो

काँग्रेसमा सदस्यता टुङ्गिएका जिल्लाको संख्या ६९ पुग्यो

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसले थप पाँच जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको हाे । विवादका कारण रोकिएका बाँके, सुर्खेत, सिरहा, महोत्तरी र डोल्पाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको हो । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुङ्गिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन ।

निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने पोखरेलले बताए । काँग्रेसको निर्णयअनुसार दशैंअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

प्रतिकृया दिनुहोस्