काठमाडौं । सत्तारूढ नेकपा एमाले भित्र देखिएकाे आन्तरिक किचलाेले झन् उग्र रूप लिन थालेकाे छ । केहिदिन अघि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाइ निलम्बित गरेपछि आन्तरिक किचलाेले झन् उग्र रूप लिन थालेकाे हाे । निलम्बित बरिष्ठ नेता नेपालले काठमाडाैँमा भएकाे एक कार्यक्रममा बाेल्दै पार्टीकाे कार्यालय खोजीमा लागेको जानकारी गराएपछि किचलाे झन् सतहमा आएकाे स्पष्ट संकेत देखिएकाे छ ।
आज युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताएका छन् ।
‘हामीले पनि भवनको खोजी गरेका छौँ । कहीँ–कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला’, उनले भने ,‘योभन्दा पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ ।’
उनले अब कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट सुरू गर्नुपर्ने अवस्था आएको भन्दैं यसका लागि सबैले मुठ्ठी दान गर्नुपर्ने बेला आएको बताएका छन् ।
नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई विघटन हुन नदिने भन्दै चैत ४–५ गतेको राष्ट्रिय भेलाले पनि आफूलाई अगाडि बढ्न आदेश दिइसकेको जानकारी गराएका छन् ।