×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलम्पिक अभ्यास खेलमा रंगभेद भएपछि जर्मनीले समय अगाडिनै खेल रद्द गर्‍यो

ओलम्पिक अभ्यास खेलमा रंगभेद भएपछि जर्मनीले समय अगाडिनै खेल रद्द गर्‍यो

शुक्रबार (जुलाई २३)बाट जापानको राजधानी टोक्योमा ओलम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको फुटबलतर्फको टोलीमा सहभागी टीममा जर्मनी पनि छ ।

शनिबार जर्मनीले ओलम्पिककै तयारीमा होन्डुरससँग मैत्रिपुर्ण खेल खेल्यो । तीस मिनेटका दरले तीन चरणको खेल भएको थियो । अन्तिम चरणको खेल सकिन पाँच मिनेट अगाडि जर्मनीका ‘सेन्टर ब्याक’ जोर्डन तोरुनारिघालाई रंगभेदी बचन आयो । उनले टोलीलाइ जानकारी गराए । अन्ततः जर्मनी टोली खेल नखेल्ने निर्णयमा पुग्यो ।

तोरुनारिघाले खेल्ने क्लब हेर्था बर्लिनले उक्त निर्णयलाई ‘एकमात्र सहि निर्णय’ भनेर स्वागत गरेको छ । आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट यस्तो स्वागत गरेको हो । जर्मन फुटबलको आधिकारिक ट्विटर अकाउन्टबाट खेल १-१ को बराबरीमा हुँदा पाँच मिनेट बाकि छँदा रंगभेदी टिप्पणी भएपछि खेलाडीले मैदान छाडेको उल्लेख गरिएको छ ।

जर्मनीको आधिकारिक सरकारी मिडिया डिडब्लुका अनुसार कप्तान माक्सिमिलान आर्नोल्डले मैदानबाट हिड्नु सहि निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘हामीले सहि निर्णय गरेका छौ र त्यहि अनुसार कदम पनि चालेका छौ ।’

सन् २०१६ मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको ओलपिक्समा जर्मन टोली सिल्भर मेडल बिजेता अर्थात दोश्रो बिजेता भएको थियो । ब्राजिलले जर्मनीलाई ५–४ को पेनाल्टी सुटआउटबाट जित निकालेको थियो । ओलम्पिक फुटबलमा २३ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने नियम भएकोले यसलाई युवा खेलाडीको प्रतियोगीता पनि भनिन्छ । जानकारहरुका अनुसार त्यसै नियमको कारणले अवपाद बाहेक ओलम्पिक फुटबलमा धेरै स्टार खेलाडीहरु देखिदैनन ।

प्रतिकृया दिनुहोस्