×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वेष्ट इन्डिजलाई भारतले ६८ रनले हरायो

वेष्ट इन्डिजलाई भारतले ६८ रनले हरायो

काठमाडौं- वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा भारत ६८ रनले विजयी भएको छ । जितसँगै भारतले पाँच खेलको सिरिजमा एक शून्यले अग्रता बनाएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । यस्तै दिनेश कार्तिकले विस्फोटक ४१ रन बनाए । उनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै शर्यकुमार यादवले २४ रन बनाउँदा रविन्द्र जडेजाले १६ तथा रिशव पन्तले १४ रनको योगदान गरे । यस्तै रभिचन्द्रन आश्विनले १३ रन थपे ।

बलिङमा वेष्ट इन्डिजका अल्जारी जोसेपले दुई रन बनाए । जवाफमा वेष्ट इन्डिज २० ओभरमा आठ विकेट गुमाउँदा १२२ रनमा रोकियो । उसका लागि कप्तान निकोलस पुरनले १८ रन बनाउँदा साम्रा ब्रोक्सले २० तथा केली मेयर्सले १५ रन बनाए । यस्तै किमो पउलले १९ रनको योगदान गरे । वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्नका लागि रभि बिस्नोई, रभिचन्द्रन आश्विन र अर्सदिप सिंहले दुई दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्