महाशाखाले जनस्वास्थ्यको मापदण्ड पालना गराउन, भिडभाड हुन नदिन र मास्क अनिवार्य लगाउने ब्यवस्था गर्न पालिकाहरूलाई भनेको छ । कोभिड–१९ भएका ब्यक्तिलाई आइसोलेसनमा राख्न र उपचारको समन्वय गर्न तथा कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षण गर्न र सीमा नाकाबाट आउनेको परीक्षण तथा व्यवस्थापन गर्न पनि पालिकाहरुलाई महाशाखाले भनेको छ ।
महाशाखाले निकालेको विज्ञप्तिमा भनिएको छ – ‘यो महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सर्तक र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ ।’
नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएका वा नफैलिएकोबारे जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको महाशाखाले जनाएको छ ।