×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा रवि र बालेनलाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता

पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा रवि र बालेनलाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितको टिमलाई हालैको निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गरेका छन्।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार, प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा हालैको जनादेश नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको अगाध विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरिएको छ। सन्देशमा उनले नेपालको नयाँ राजनीतिक परिवर्तन र उदयलाई सकारात्मक रूपमा लिँदै नयाँ नेतृत्वको प्रशंसा समेत गरेका छन्।

प्रधानमन्त्री शरीफले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक मित्रता र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन पाकिस्तान सधैँ तत्पर रहेको बताएका छन्। उनले आगामी दिनमा नवनिर्वाचित सरकारसँग विभिन्न क्षेत्रमा नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको समेत स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्