×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरले हटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं महानगरले हटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं - काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई जिम्मेवारीबाट हटाइएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।
महानगरका अनुसार, अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको पाइएको छ ।

उनले नक्सा पास गर्ने महानगरको आधिकारिक प्रणाली ईबीपीएस छलेर कागजी नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाएको महानगरको दाबी छ ।

प्रतिकृया दिनुहोस्