×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकार निर्माणबारे सभापतिले सल्लाह नगर्दा अपमानित भएँ : गगन थापा

सरकार निर्माणबारे सभापतिले सल्लाह नगर्दा अपमानित भएँ : गगन थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको बताएका छन्।

पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले छलफलका लागि आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर आएको बताएका हुन्।

‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थियो। तर उहाँको फोन कुरेर म बसिरहेँ। उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ,’ थापाले भने।

अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको थापाले बताए। ‘तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तल झरे जस्तो परिस्थिति हो हिजोको राजनीतिक घटनाक्रम यही हो,’ थापाले भने। काँग्रेस अब सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्नुपर्ने थापाको भनाइ छ।

प्रतिकृया दिनुहोस्