×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंका धारामा आजदेखि मेलम्चीको पानी

काठमाडौंका धारामा आजदेखि मेलम्चीको पानी

काठमाडौं- मेलम्चीको पानी तेस्रोपटक उपत्यकाका धारामा  पुग्दैछ  । गत  असार  १७  गतेबाट  मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान  महाँकालस्थित  काठमाडौँ  उपत्यका  खानेपानी  लिमिटेडको  वितरण  केन्द्रको  साँचो  खोलेर  पानी  छाड्ने जनाइएको छ ।

मेलम्ची  खानेपानी  आयोजनाका  कार्यकारी  निर्देशक  कमलराज  श्रेष्ठका  अनुसार  सुन्दरीजल  प्रशोधन  केन्द्रबाट  बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उनले यसपटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्