×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकैदिन मापसे गरी सवारी चलाउने २०२ चालकमाथि कारबाही

एकैदिन मापसे गरी सवारी चलाउने २०२ चालकमाथि कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारबाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्वर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार १५६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्