×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवलपरासीमा माओवादीका दुई बागीद्वारा उम्मेदवारी निष्क्रिय

नवलपरासीमा माओवादीका दुई बागीद्वारा उम्मेदवारी निष्क्रिय

परासी- नवलपरासीमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी निष्क्रिय बनाएका छन् । नवलपरासी १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले गठबन्धन विपरीत कांग्रेसले अनाधिकृत रुपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन् । सत्तागठबन्धनले सो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली कांग्रेस र प्रदेशसभा‘ख’ मा माओवादी केन्द्रलाई बाँडफाँड गरेर सिट दिएको थियो ।

तर सहमतिविपरीत प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका देवकरण जयसवालले उम्मेदवारी दिएपछि उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । जयसवालले रुख चिन्हबाटै उम्मेदवारी दिएका छन् ।

केन्द्रीय गठबन्धनले नामै किटान गरेर सहमतिअनुसारको उम्मेदवारी कायम गरी एकअर्कालाई सघाउन कात्तिक ११ गते फेरि पत्र पठाए पनि उम्मेदवारी निष्क्रिय नपारेपछि आइतबार जिल्लास्थित गठबन्धनका जिल्ला अध्यक्षहरुको बैठकले रुख चिह्नबाट उम्मेदवारी दिएका कलवारसहित ७ जनालाई बागी उम्मेदवार भन्दै उम्मेदवारी निष्क्रिय गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो ।

प्रतिकृया दिनुहोस्