×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप खेल्ने भारतीय टोली घोषणा: रोहित कप्तान, विकेटकिपरमा पन्त

विश्वकप खेल्ने भारतीय टोली घोषणा: रोहित कप्तान, विकेटकिपरमा पन्त

एजेन्सी - आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय टोली रोहित शर्माको कप्तानीमा १७ वर्षदेखिको उपाधि खडेरी अन्त्य गर्न चाहन्छ।

टी–२० विश्वकपमा भारतले आफ्नो पहिलो खेल जुन ५ मा आयरल्यान्डसँग खेल्नेछ। भारतले जुन ९ मा पाकिस्तानको सामना गर्नेछ।

गत वर्षको एक दिवसीय विश्वकपयता भारतले अस्ट्रेलिया, दक्षिण अफ्रिका र अफगानिस्तान गरी ३ टी–२० शृंखला खेलेको छ। भारतीय खेलाडीहरू अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त छन्।

टी–२० विश्वकप पहिलोपटक सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो। उक्त संस्करणको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो।

तर, त्यसपछि भारतले विश्वकप जित्न सकेको छैन। भारत सन् २०१४ मा पनि फाइनलमा पुगेको थियो। तर, श्रीलंकासँग ६ विकेटले पराजित भयो। 

सन् २०१६ मा भारत सेमिफाइनलमा वेस्ट इन्डिजसँग र सन् २०२२ मा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो। यी दुवै विश्वकप सेमिफाइनलमा भारतलाई पराजित गर्ने टोलीले जितेका थिए।

पछिल्लो टी–२० विश्वकपपछि रोहित र विराट कोहलीले एक वर्षसम्म टी–२० अन्तर्राष्ट्रिय खेलेका छैनन्। गत वर्ष वेस्ट इन्डिजमा भएको टी–२० शृंखलामा यी दुई भारतीय टोलीमा थिएनन्।

तर, जनवरीमा यी दुवै खेलाडी टी–२० फर्म्याटमा फर्किएका थिए भने रोहितले अफगानिस्तानविरुद्धको शृंखलामा शतक पनि बनाएका थिए।

भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रीत बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज

रिजर्व : शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान

प्रतिकृया दिनुहोस्