किभ- युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।
यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो । एजेन्सी