×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पञ्जशीर प्रान्त पूरा नियन्त्रणमा लिएको तालिबानको दावी

पञ्जशीर प्रान्त पूरा नियन्त्रणमा लिएको तालिबानको दावी

अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिए ।

यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले भने यो दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।’ तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका छन् । बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ ।

आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए ।

तालिबानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्राप्त गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्