×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आत्मसमीक्षा गराैँ, लाज नमानी आउनुस् : प्रचण्ड

आत्मसमीक्षा गराैँ, लाज नमानी आउनुस् :  प्रचण्ड

काठमाडाैँ- नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी ध्रुवीकरण आजकाे राष्ट्रिय आवश्यकता रहेकाे दाबी गरेका छन् । बुधबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी त्यागेर प्रवेश गरेका नेताहरूलाई सम्बाेधन गर्दै प्रचण्डले भनेका छन्, ‘अहिलेलाई यत्ति भन्छु आउनुस् आत्मसमीक्षा गरेर एकठाउँमा उभिऔँ । याे आजकाे राष्ट्रिय आवश्यकता हाे ।’

उनले आफूसँग आउनका लागि लाज नमान्न नेता/कार्यकर्ताहरूलाई आह्वानसमेत गरे, भने— ‘फेरि प्रचण्डसँग भनेर नभन्नुस्, लाज नमान्नुस् । आउनुस् एकठाउँमा उभिऔँ । हामी मिल्याैँ भने राष्ट्रियताकाे पक्षमा दह्राेगरी उभिन सक्छाैँ । हामी मिलेपछि यस्ताे शक्ति बन्छ, जसलाई कसैलाई राेक्न सक्दैन । याे मेराे जनयुद्धकालीन अनुभव र अठाेट पनि हाे ।’

उनले बहसमा रहकाे वाम एकताकाे पनि बचाउ गरेका छन् । उनले माओवादीबाहिर पनि राम्रा मान्छेहरू रहेकाे उल्लेख गर्दै भने, ‘त्याे भ्रममा पनि हामी नपराैँ कि माओवादीबाहिर राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताकाे पक्षमा उभिन मान्छे नै छैनन् भनेर । हामीभन्दा राम्रा मान्छेहरू छन् बाहिर पनि । उनीहरूसँग पनि एकताबद्ध हुनैपर्छ अनि मात्रै हामीले देखेकाे सपना पूरा हुन सक्छ ।’

प्रतिकृया दिनुहोस्