×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा पाल्पाली सांस्कृतिक उत्सव : चुकाउनीको स्वाद लिदै कलाकारको प्रस्तुती हेर्न पाईने

जापानमा पाल्पाली सांस्कृतिक उत्सव : चुकाउनीको स्वाद लिदै कलाकारको प्रस्तुती हेर्न पाईने

जापान ।  बिभिन्न पेशा व्यवसायका लागी जापानमा बसाेबास गरेका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापान ले अंग्रेजी नयाँ बर्ष २०२६ को अवसर पारेर पाल्पाली सांस्कृतिक उत्सव - २०२६ को आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर २८ तारिख आईतबार टोकियोको शिन ओकुबो स्थित बारकाडे गुड टाईम्समा बिभिन्न कलाकारहरुको प्रस्तुति सहित कार्यक्रम हुने भएको हो ।  कार्यक्रममा जापानलाई कर्मथलो बनाउदै आएका कलाकारहरू परदेशी गायक का रुपमा चर्चामा रहेका सुर्य खड्का, अर्का चर्चित गायक चेतन घर्तिमगर, चर्चित गायिका पाल्पाली चेली रचना राना मगर र गायक यु्निश अधिकारीको बिषेश प्रस्तती रहने कार्यक्रम संयोजक बिश्बबन्धु भण्डारीले जानकारी दिएका छन् ।

सन् २०१६ मा स्थापना भई बिभिन्न सामाजिक काममा क्रियाशिल रहदै आएको समाजले विगतका बर्षहरु जस्तै यस बर्ष पनि नयाँ बर्षको शुभकामना आदन प्रदान सहित बिषेश सास्कृतिक कार्यक्रम गर्न लागिएको र सोही दिन पाल्पाली परिकारका रुपमा चर्चामा रहेको पाल्पाली चुकाउनीको स्वाद उपस्थित सबैलाई चखाउने तयारीमा लागेको समाजका अध्यक्ष वबिन रानाले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्