×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

भागिरथ न्याैपानेकाे नेतृत्वमा बैलारी युवा मञ्च जापानकाे नयाँ कार्यसमिती चयन

भागिरथ न्याैपानेकाे नेतृत्वमा बैलारी युवा मञ्च जापानकाे नयाँ कार्यसमिती चयन

जापान । बेलौरी युवा मञ्च जापानले चौथो अधिवेशनवाट नयाँ कार्यसमिती चयन गरेको छ ।  कञ्चनपुर जिल्लाको बेलौरी स्थायी बसोबास भई बिभिन्न पेशा व्यवसायका लागी  हाल जापान रहेका  युवाहरुको संस्था बेलौरी युवा मञ्चले भागिरथ न्यौपानेको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको हो ।सर्वसम्मत निर्वाचित कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा राम कृष्ण सापकोटा,उपाध्यक्षमा अञ्जु रेग्मी,महासचिवमा जीवन ढकाल,सचिवमा रामचन्द्र गौतम र कोषाध्यक्षमा ऋषि रिजाल चयन हुनुभएको हो साथै अन्य कार्यसमिती सदस्यहरुमा प्रेम खरेल (संयोजक सदस्य),शंकर ढकाल (संयोजक सदस्य), अर्जुन पाण्डेय (संयोजक सदस्य),नेत्र रेग्मी र सीता (कल्पना) ढकाल न्यौपाने रहनुभएको छ । आफु जन्मे हुर्केको ठाउँमा केहि भएपनि सहयोग गर्नका लागि बैलोरीका युवाहरुको पहलमा सन् २०१६ मा स्थापना भएको यस मञ्चले कोभिडको समयमा बेलोरीमा खाद्यन्न लगायत त्यहाँको स्वथ्य चौकीमा अक्सिजन मेसिनका लागि सहयोग सहित कालीका मन्दिरमा मुर्ती स्थापनाका लागि सहयोग होस् या अन्य समयमा बिभिन्न आर्थिक सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।  उत्त मञ्चमा जापानमा रहनुहुने बेलौरीका करिब ८० जना सदस्य रहनुभएको छ । 

प्रतिकृया दिनुहोस्