चितवन- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचा तानी बन्द गर्न भरतपुर बासीलाई आह्वान गर्नु भएको छ । भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबार आयोजना भएको वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधान गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
महानगर प्रमुखदाहालले भरतपुर बासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गर्नु भयो । भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वात्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु– मेयर दाहालले भन्नुभयो ।
यो वा त्यो पार्टीको नभनेर कुनै पनि भेदभाव नहुने उहाँले उल्लेख गर्नुभयो । जनप्रतिनिधि भई कार्यभार सम्हाले पछि साझाभएर काम गर्नुको विकल्प नरहेको भन्दै उहाँले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।