×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुई लाख धरौटीमा छुटे गोरेका भाइ

दुई लाख धरौटीमा छुटे गोरेका भाइ

विराटनगर- साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपीत रमेश उप्रेती २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालतमामा बिहीबार आरोपित रमेश उप्रेतीमाथि थुनछेक बहस भएको थियो । न्यायाधीश भरत लम्सालको इजलासमा भएको उक्त बहसपछि इजलासले उनलई धरौटीमा छोड्न आदेश दिएको हो ।

३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीत चुणामणि उप्रेती ‘गोरे’का भाइ रमेशलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । अदालतको आदेशपछि उनी धरौटी रकम बुझाएर छुटेका छन् ।

प्रतिकृया दिनुहोस्