×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्रलाई पुनः बयानका लागि बोलायो

चोलेन्द्रलाई पुनः बयानका लागि बोलायो

काठमाडौँ- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिने क्रम सकिएपछि पूरक प्रश्नका लागि आज बिहान ९ बजे बोलाइएको हो । 

बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेको थियो । समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको हो ।

समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

प्रतिकृया दिनुहोस्